बुटवल, १९ असार । स्थानीय तह निर्वाचनमा रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।
नगरपालिका प्रमुखमा एमालेका चित्रबहादुर कार्कीले १३ हजार ३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका फणिन्द्रप्रसाद शर्माले १० हजार ३०५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपप्रमुखमा पनि एमालेकै बिना राना निर्वाचित हुनुभएको छ । उहाँले १३ हजार २६१ मत प्राप्त गर्नुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी चौधरीले नौ हजार ७०९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया