२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

मुख्य खबर

भिमेश्वर आयल स्टोरमा सिलबन्दी



चरिकोट, १७ असार । दोलखा सदरमुकाम चरिकोटमा रहेको भिमेश्वर आयल स्टोरमा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखा र जिल्ला प्रहरी कार्यालय दोलखाले शनिबार भिमेश्वर आयल स्टोरले कालोबजारी गरेको भन्दै सिलबन्दी गरेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

डिजेलको गुणस्तरीयतामाथि उपभोक्ताले प्रश्न उठाएपछि स्टोरमा सिलबन्दी गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताउनुभयो । भिमेश्वर आयल स्टोर प्रालिमा डिजेल हालेर गएको दुईवटा गाडी बीच बाटोमा चल्न छोडेपछि डिजेलबारे अनुसन्धान गर्दा गुणस्तरहीन भेटिएपछि अनुसन्धानका लागि सिलबन्दी गर्नुपरेको प्रहरीले बताएको छ ।

प्रकाशित : १७ असार २०७४, शनिबार ००:००