बैतडी, १७ असार । शिवनाथ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउद दुई हजार ३५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भरतसिंह मडैले दुई हजार ३१४ मत प्राप्त गर्नभयो ।
सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुश्मा चन्दले दुई हजार ३६८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी झापु महताले दुई हजार १२४ मत प्राप्त गर्नुभयो । उक्त गाउँपालिकाको ६ वटा वडा मध्ये चारवटामा एमाले तथा दुईवटामा काँग्रेस विजयी भएको छ ।
शिवनाथ–१, २, ३ र ५ को वडाध्यक्षमा एमालेका क्रमशः करन पार्की, हजारी साउद, बीरबहादुर साउद र महेन्द्र चन्द विजयी भए भने वडा नं ४ र ६ मा काँग्रेसका लक्ष्मण महता र धर्म सुतार विजयी भए ।
जिल्लामा यसअघि दशरथचन्द नगरपालिका र सूर्नया गाउँपालिकामा काँग्रेस तथा पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भइसकेका छन् । अब पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा दोगडाकेदार, डिलासैनी र सिगास गाउँपालिकाको मत परिणाम आउन बाँकी छ ।
प्रतिक्रिया