तेह्रथुम, १७ असार । तेह्रथुमको छथर गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
नेकपा (एमाले)का उम्मेदवार सन्तोष तिगेला तीन हजार ४३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज तिगेलाले दुई हजार ५५२ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष पदमा पनि नेकपा (एमाले)की तारादेवी ढकाल विजयी हुनुभएको छ ।
ढकालले तीन हजार ३६८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी हिमादेवी पौडेलले दुई हजार ४८७ मत प्राप्त गर्नुभएको छ ।
गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका बागी उम्मेदवारहरुको प्यानलै विजयी भएको छ । वडा नंं २, ४, ५ र ६ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ भने वडा नं. ३ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
प्रतिक्रिया