काठमाडौँ, १७ असार । नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज म्यान्मा प्रस्थान गर्नुभएको छ ।
शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय सङ्गठनको निमन्त्रणामा उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
सो सङ्गठनले सोमबार आयोजना गर्ने ‘अन्तर्राष्ट्रिय सभा’लाई पूर्व प्रधानमन्त्री नेपालले विशिष्ट वक्ताका रुपमा सम्बोधन गर्नुहुने एमालेका नेता यादवचन्द्र शर्माले जानकारी दिनुभयो ।
करिब एकसाता लामो भ्रमणका क्रममा उहाँले म्यान्माकी नेत्री आङसाङ सुकीलगायतका नेताहरुसँग भेटघाट गर्नुहुनेछ ।
प्रतिक्रिया