खजुरा (बाँके), १७ असार । बाँकेको नरैनापुरमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
अध्यक्षमा इश्त्यिाक अहमद साहले चार हजार ८० मत प्राप्त गरी विजयी हुनुभएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेका रामचन्द्र मौर्यले तीन हजार ३८८ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका जयन्तीदेवी श्रीवास्तवले तीन हजार ४४ मत प्राप्त गरी विजयी भएकी हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अतिकुन निशा २ हजार ५९८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले राससलाई बताउनुभयो ।
उहाँका अनुसार ६ वटा वडा रहेको नरैनापुर गाउँपालिकाको वडा नं. १, २ र ४ को वडाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल र वडा नं. ३, ५ र ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया