१८ कार्तिक २०८१, आइतबार । November 3, 2024

मुख्य खबर

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा काँग्रेस विजयी



बैतडी, १७ असार । दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

आज बिहान सार्वजनिक मतपरिणामानुसार दशरथचन्दमा काँग्रेसका नरेन्द्रसिंह थापा तीन हजार सात सय ६२ मत लिएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका पुष्करराज जोशीले तीन हजार सात सय मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकै मीना चन्द तीन हजार सात सय ३१ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सरस्वती नेपालीले दुई हजार नौ सय ९७ मत ल्याउनुभएको छ ।

यस्तै सुर्नया गाउँपालिका अध्यक्षमा काँग्रेसका वीरबहादुर विष्ट दुई हजार चार सय ५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र विष्टले दुई हजार दुई सय ७६ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकी लीला विष्ट दुई हजार तीन सय चार मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भागीरथी बोहराले दुई हजार एक सय ८७ मत ल्याउनुभयो ।

प्रकाशित : १७ असार २०७४, शनिबार ००:००