१९ कार्तिक २०८१, सोमबार । November 4, 2024

मुख्य खबर

रसुवागढीमा हेल्थ डेस्क स्थापना



रसुवा, १६ असार । चिनियाँ नाका रसुवागढीमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

चीनबाट नेपाल घुम्न आउने र नेपालबाट चीनको केरुङतर्फ व्यापारको सिलसिलामा जाने नागरिकलाई केन्द्रित गरी रसुवागढी नाकाको मितेरी पुलमा दुई प्राविधिकसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य प्रमुख झलक गौतमले जानकारी दिनुभयो ।

चीनबाट नेपाल घुम्न आउने पर्यटकबाट स्वाइनफ्लु, रुवेलालगायत रोग सर्न नदिन र सोको रोकथाम तथा कामको सिलसिलामा केरुङ जाने नेपाली सवारी चालकलाई स्वास्थ्य परामर्श दिने डेस्कको मुख्य जिम्मेवारी रहेको छ । हेल्थडेस्क स्थापनाबाट स्थानीयवासीलाई समेत प्राथमिक उपचार सहज हुने उहाँको भनाइ छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००