२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

मुख्य खबर

करेन्ट लागेर वृद्धको मृत्यु



नुवाकोट, १६ असार । काठ चिरान गर्ने क्रममा करेन्ट लागेर विदुर नगरपालिका– १२ चारघरेका मानबहादुर तामाङको मृत्यु भएको छ ।

आफ्नै फर्निचर उद्योगमा काठ चिरान गर्ने क्रममा करेन्ट लागेर घाइते हुनुभएका ७० वर्षका तामाङको उपचारको क्रममा आज त्रिशूली जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

काठ चिरान गर्ने क्रममा हिजो साँझ घाइते हुनुभएका तामाङलाई उपचारको लागि उक्त अस्पतालमा लागिएको थियो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००