दमास्कस (सिरिया), १५ असार । सिरियाली विदेश मन्त्रालयले अमेरिकाद्वारा हालै दाबी गरिएजस्तो रासायनिक हतियार प्रयोग गर्ने कुनै योजना नबनाएको भन्दै अमेरिकी दाबीलाई आधारहीन बताएको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।
सिरियाले आफ्नो साथमा रासायनिक हतियार नै नभएको समेत दाबीसमेत गरेको छ ।
मन्त्रालयले अमेरिकाले विगत केही दिनयता गलत अफवाह फैलाएको बिहीबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
अमेरिकाले सिरियाले आफ्नै देशका सरकारविरोधी नागरिकविरुद्ध रासायनिक आक्रमण गर्दै छ भनी चलाएको हल्ला विल्कुलै आधारहीन भएको विज्ञप्तिमा भनिएको छ ।
ह्वाइट आउसका ‘प्रेस सेक्रेटरी’ सिन स्पाइसरले गत सोमबार संयुक्त राज्य अमेरिकाले सिरियाली विद्रोहीविरुद्ध वर्तमान प्रशासनले रासायनिक आक्रमण गर्न लागेको आधार पत्ता लागेको र आक्रमण अर्को वर्षको अप्रिलभित्र हुने जनाएको थियो ।
स्पाइसरले विद्रोहीको प्रभाव क्षेत्र मानिने खान शेखौन सहरमा त्यस किसिमको हतियारको प्रयोग गर्ने तयारी रहेको आरोप लगाउनुभएको हो ।
आरोप पछि सिरियाविरुद्ध अमेरिकाले टोमाहक ५६ नामक क्षेप्यास्त्रको सहयोगमा मध्य सिरियाको शुआइरत हवाई अखडामा आक्रमण गरेको थियो ।
प्रतिक्रिया