४ फाल्गुन २०८१, आइतबार । February 16, 2025

ग्लोबल

बर्लिन ट्रलीबस दुर्घटनामा सत्ताईस जना घाइते



बर्लिन (जर्मनी), १५ असार । जर्मनीको राजधानी बर्लिनमा दुई ट्रली बस दुर्घटनाग्रस्त हुँदा कम्तिमा २७ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमले बर्लिन ट्रान्सपोर्ट कम्पनी बिभिजेका प्रवक्तालाई उद्धृत गर्दै भनिएको छ, “एम १० मार्गमा गुडिरहेका दुई विपरित दिशाबाट आएका ट्रली बस प्रेन्जलाउरवर्गबाट पास हुने क्रममा घाइते बनेका सवैजनालाई उपचारका लागि स्थानीय विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।”

घटनापछि घाइतेजनलाई उद्धार गरी अस्पताल पु¥याउन घटनास्थलमा करिब ५० जना सुरक्षाकर्मीलाई तैनाद गरिएको बताइएको छ । दुर्घटना के कति कारणबाट भएको थियो यसबारे थप अनुसन्धान जारी रहेको जर्मन प्रशासनले जनाएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००