१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

भिरबाट खसेर एक बालिकाको मृत्यु



कालीकोट, १५ असार । जिल्लाको खाँडाचक्र नगरपालिकामा एक बालिकाको भिरबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा खाँडाचक्र नगरापालिका– २ का सान्ते विकको १३ वर्षीया छोरी सत्ता विक रहेको छ । घाँस काट्ने क्रममा सेरी घाटको भिरबाट खसेर गम्भीर घाइते भएकी विकको उपचारका लागि बाटोमा ल्याउने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

स्वास्थ्य परिक्षणपछि मृतकको शवलाई आफन्तको जिम्मा लगाएको र आजै उनको दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

सो क्षेत्रमा भिर भएका कारण बर्सेनि कयौंँको ज्यान जाने गरेको स्थानीय टसि विष्टले जानकारी दिनुभएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००