विराटनगर, १३ असार । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं १ मा सुरक्षा व्यवस्था सबल रहेको छ ।
प्रदेश नं का १४ जिल्लामा निर्वाचनको सम्पूण तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय, धनकुटाका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले जानकारी दिनुभयो । स्वच्छ, निष्पक्ष एवम् शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउनका लागि सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका प्रहरी उपरीक्षक विद्यानन्द माझीले प्रदेश नं १ का सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको र शान्ति सुरक्षालाई ध्यानमा राखि प्रहरीको मोबाइल गस्ती परिचालन गरिएको बताउनुभयो ।
क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले मोरङलगायत प्रदेश नं १ का सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका पुगिसकेको र आज पनि मतदाता परिचयपत्र वितरण कार्य जारी रहको बताउनुभयो ।
प्रतिक्रिया