पोखरा, १२ असार । पोखरा–लेखनाथ महानगरपालिका–५ मालेपाटनका समाजसेवी हेरम्वप्रसाद कोइरालाले आफ्नी श्रीमती पार्वती कोइरालाको ७४औँ जन्मदिनको अवसरमा सोही ठाउँको धर्मस्थली आधारभूत विद्यालयमा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ ।
उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजले विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिनुभयो ।
प्रतिक्रिया