इलाम, ११ असार । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले एमालेकै नीति तथा कार्यक्रममा अहिलेको सरकार चलिरहेको बताउनुभएको छ ।
देउमाई नगरपालिकास्थित मङ्गलबारेमा आज आयोजना गरको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमालेको नौ महिने सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैं बनाऊँ’ नीति तथा कार्यक्रम अनुसार नै सरकार चलेको बताउनुभयो ।
“एमाले विदेशीको दबाब र प्रभावमा पर्दैन,” उहाँले भन्नुभयो । राजपाको बहाना बनाएर सरकारले निर्वाचन पछि धकेलेको नेता नेम्वाङले आरोप लगाउनुभयो । संविधानले हिमाल, पहाड र तराईका सम्पूर्ण जनतालाई समेटेकाले यसको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया