धनगढी, ११ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले व्यवस्थापिका–संसद्को म्याद बढाउने सोचमा एमाले नरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संविधानबमोजिम आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्छ ।” सत्तापक्षीय दलले पटकपटक निर्वाचनको मिति सारेर जनतालाई दुःख दिएको नेता नेपालले आरोप लगाउनुभयो ।
फरक प्रसङ्गमा नेता नेपालले मधेसी नेताले उठाइरहेको संविधान संशोधनको माग पनि मधेसी जनताको नरहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया