बाजुरा, ११ असार । खानेपानीको ट्याङ्कीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।
सदरमुकाम मार्तडीस्थित बृहत् खानेपानी आयोजनाको ट्याङ्कीमा डुबेर बडिमालिका नगरपालिका– ८ की ७ वर्षीया सपना रावलको मृत्यु भएको हो ।
दुई हजार घनमिटर क्षमताको खानेपानीको ट्याङ्की हेर्ने क्रममा रावलको डुबेर मृत्यु भएको उनका आफन्त प्रकाश रावलले जानकारी दिनुभयो ।
प्रतिक्रिया