इमाडोलस्थित किष्ट मेडिकल कलेजले आज यहाँ आयोजना गरेको कार्यशाला गोष्ठीमा औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक सन्तोष केसीले नागरिकमा अझै पनि औषधिको प्रयोगबारे सही जानकारी नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “महँगो भएमा औषधि राम्रो भन्ने भ्रम छ । धेरै औषधि पसल अनुमति नै नलिई सञ्चालन भइरहेका छन् ।”
शिक्षण अस्पतालका चिकित्सक डा रत्न बज्रचार्यले चिकित्सकले आफूले फाइदा लिएर कुनै पनि कम्पनीको औषधि सिफारिस गर्नु गलत भएको बताउनुभयो । डा निशा झाले चिकित्सकको सिफारिस नभई औषधि सेवन गर्दा सजग हुनुपर्ने बताउनुभयो ।
तीन दिनसम्म चल्ने उक्त गोष्ठीमा चिकित्सक, पत्रकार, स्वास्थ्य स्वयमसेविकालगायतको सहभागिता रहेको छ ।
प्रतिक्रिया