२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

खानीगाउँ दोस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा



फलेवास (पर्वत), १० असार । पर्वतको फलेवास नगरपालिका– ५ खानीगाउँ पूर्ण सरसफाइयुक्त वडा घोषणा भएको छ ।

शनिबार वडामा आयोजित कार्यक्रममा उक्त वडालाई सरसफाइ उन्मुख गाविस घोषणा गरिएको हो । साविकको खानीगाउँ गाविसमा रहेका ५३१ घरधुरी र तीन हजार २१० जनसङ्ख्यामा आनीबानी पूर्णरुपमा परिवर्तन आउनुका साथै सरसफाइयुक्त गाविसका सबै सूचक पूरा भए पछि पूर्ण सरसफाइयुक्त घोषणा गरिएको हो ।
सो अवसरमा खानीखाउँका जनप्रतिनिधिहरु सांसद विकास लम्साल, नगर प्रमुख पदमपाणि शर्मा, उपप्रमुख मञ्जु अधिकारीलगायत सम्पूर्ण वडावासीले वडालाई सधैँभरि पूर्ण सरसफाइयुक्त राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

खानीगाउँ पूर्ण सरसफाइ हुने फलेवास नगरपालिकाको दोस्रो वडा हो । घोषणा सभालाई सम्बोधन गर्दै सांसद लम्सालले फलेवास नगरपालिकाका ११ वटै वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्न निरन्तर प्रयास गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले फलेवासका दुईवटा वडा जिल्लामै पहिलोपटक पूर्ण सरफाइयुक्त बनेको र बाँकी नौवटा वडालाई पनि आगामी एक वर्षभित्र पूर्ण सरफाइयुक्त बनाउन लागिपर्ने बताउनुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००