सिन्धुली, १० असार । सिन्धुली बजारमा आज सूर्तिजन्य वस्तुको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा अनुमतिबिना बिक्रीवितरण गरिएको पाइएपछि केही पसल तथा होटलबाट सूर्र्तिजन्य वस्तु जफत गरिएको छ । सिन्धुलीमाडीमा हटियाबाट पाँचवटा स्थानमा खुल्ला रुपमा सूर्र्ति बेच्दै गरेको अवस्थामा अनुगमन टोलीले छ बोरा जफत गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।
बजार क्षेत्रका ११ वटा होटल तथा १९ वटा पसलको अनुगमन गरिएको थियो । इजाजत लिएकालाई मापदण्ड पुरा गरेर मात्र सूर्र्तिजन्य वस्तु बिक्री वितरण गर्न सचेत गराइएको छ । जिल्लामा साना किराना पसलदेखि तरकारी पसलबाट समेत खुलेआम सूर्तिजन्य वस्तुको कारोबार भइरहेको छ ।
प्रतिक्रिया