२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

छापा खबर

गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी



गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ। बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००