नयाँ दिल्ली, ४ असार । भारतीय गहृमन्त्री राजनाथ सिंहको आइतबार नियमित शारीरिक अभ्यासका क्रममा हिँडिरहेका बेला सरकारी निवास नजिकै खुट्टा भाँचिएको उहाँको निकट सहयोगीले बताएका छन् ।
पैसठ्ठी वर्षीय सिंहको हिँड्ने क्रममा खुट्टा फर्किदा गोलीगाँठामा समस्या आएपछि उहाँलाई एआईआईएमएस अस्पतालमा लगी उपचार गरिएको हो ।
देब्रे खुट्टा भाँचिएकोले अस्पतालले उहाँको खुट्टामा उपचारका लागि सामान्य प्लास्टर गरिएको गृहमन्त्रीका सहयोगीले बताउनुभयो । उपचारपछि सिंह आइतबार नै आफ्नो घर फर्किसक्नुभएकोे छ ।
प्रतिक्रिया