२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

ग्लोबल

अफगानी ‘कमाण्डो’द्वारा अमेरिकी दुई सैनिकको हत्या



जलालावाद –अफगानिस्तान), २७ जेठ अफगानिस्तानको एक सैनिकद्वारा गठबन्धन सेनाका दुई अमेरिकी अधिकारीमाथि शनिबार गोली प्रहार गरी हत्या गरेका अफगानी सुरक्षा स्रोतले जनाएको छ ।

इस्लामिक स्टेट (आइएस) समूहको प्रभाव क्षेत्र नान्गाहार प्रान्तमा कार्यरत संयुक्त सैन्य कारबाहीका लागि तैनाथ गरिएको सो सैनिक समूहका एक सहयोद्धाबाट अचिन जिल्लामा आक्रमण हुँदा दुईजना अमेरिकी सेनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्, नान्गाहार प्रानतका प्रवक्ता प्रवक्ता अतोल्लाह खगोनीले बताउनुभयो ।

घटनापछि आफ्नै सहकर्मीमाथि आक्रमण गर्ने आक्रमणकारी अफगानी सेनाको पनि जवाफी कारबाहीमा मृत्यु भएको खगोनीले बताउनुभयो ।

प्रकाशित : २७ जेष्ठ २०७४, शनिबार ००:००