१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

निर्देशक तथा प्रशिक्षक नेम्वाङको उमेद्वारी



काठमाण्डौं । चलचित्र निर्देशक तथा पुर्व कराते प्रशिक्षक दुर्गा नेम्वाङले झापाको शिवसतासी नगरवाट वडाध्यक्षमा उमेद्वारी दिने भएका छन् ।
माओवादी केन्द्रको तर्फवाट उनी नगरको वडा नंबर १ बाट अध्यक्ष उमेद्वार हुने पक्का भएको हो । अखिल नेपाल चलचित्रकर्मी संघ लगायत अन्य धेरै संघ संस्थामा आवद्ध नेम्वाङले दर्जन ज्यादा चलचित्रमा निर्देशक, सह–निर्देशक तथा अभिनय समेत गरिसकेका छन् । जस मध्ये खाप्पुनामुरङना, नुमाफुङ, आमाको काख, लभईन चाईना वोर्डर, क्याविन गर्ल, एउटै भुल, जय मा सतासी, रातो वर्की, छालुम्म लगायत छन् । उनी समय निकालेर समाजसेवामा पनि उत्तीकै लागि पर्ने ब्याक्तित्वहुन । आफ्नो गाउँको विकासका लागि खट्ने देखि लिएर वागमती नदि सफाई अभियान सम्मको अगुवाईमा सामेल भैसकेका छन् । उनि भन्छन् खेलकुद देखि चलचित्र निर्देशन सम्म गरें अव गाउँको निर्देशन गर्ने ईच्छा छ । चलचित्रमा लाग्नु अघि उनी झापामा कराते प्रशिक्षक थिए । माओवादी केन्द्रका तर्फबाट नगरका मेयर उमेद्वारका लागि महेन्द्र भट्राईलाई पार्टीले टिकट दिएको छ । उनी पनि अखिल नेपाल विद्याथी संघ (क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् ।

प्रकाशित : २१ जेष्ठ २०७४, आइतबार ००:००