काठमाडौं । निर्वाचन आयोगले दाेस्राे चरणमा हुने निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेकाे छ । जेठ ३१ गतेकाे निर्वाचनका लागि उम्मेदवार मनोनयनको मिति वैशाख १९ लाई तोकेको छ । आयोगले सोमबार साँझ पत्रकार सम्मेलन गरी निर्वाचन कार्यतालिकाबारे जानकारी दिएको हो ।
सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो । जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ । आयोगले चुनावी चिन्ह दिने मिति २२ वैशाखलाई तोकेको छ । आयोगले दोस्रो चरणमा निर्वाचन भएपनि अब मतदाता नामावली नयाँ दर्ता नगर्ने जनाएको छ ।
यस्तै, आयोगले पहिलो चरणको निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनको आचारसंहिता कहिलेबाट जागू हुने भन्नेबारे पनि निर्णय गरेको छैन । यस्तै, आयोगले पहिलो चरणको मतदान सकिएलगत्तै मत गणना सुरु हुने र दोस्रो चरणको निर्वाचनलाई नपर्खिने निर्णय गरेको छ ।
प्रतिक्रिया