पथरी, २० चैत । सरकारको चालु आव २०७३÷२०७४ को नीति तथा कार्यक्रममा समावेश राष्ट्रपति महिला उत्थान कार्यक्रम मोरङमा सुरु भएको छ ।
सो कार्यक्रममा अनौपचारिक श्रममा संलग्न महिलालाई तीन महिने सिलाइकटाइ र ब्युटिपार्लर तालिम दिइने भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम पाँच वर्षे अवधारणाका साथ सुरु भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी बरालले बताए ।
महिला सशक्तीकरणका लागि सुरु भएको सीपमूलक तालिमलाई व्यवहारमा उतार्न सके सरकारको नीति सफल हुने प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले बताए।
साविकका ५० वटा गाविसबाट सहभागी महिलालाई मनमोहन स्मृति पोलिटेक्निक र शैलजा आचार्य स्मृति पोलिटेक्निकमा सिलाइकटाइ र ब्युटिपार्लरको तालिम दिइने भएको छ ।
प्रतिक्रिया