काठमाडौं । प्रधानसेनापति खुल्ला म्याराथनमा प्रहरीका भूमिराज राई च्याम्पियन बनेका छन् ।
उनले निर्धारित दुरी २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पुरा गरे । नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले दोस्रो भए । उनी राई भन्दा मात्र दुई सेकेण्डले पछाडि रहे । सेनाकै राजन खत्रीले तेस्रो भए ।
राईले १ लाख पाए भने बस्नेतले र खत्रीले क्रमश ५० र २५ हजारमा चित्त बुझाए।
२१ किलोमिठर दौडमा पुरुषतर्फ नेपाली सेनाका अमल्दार कल्याण बाँनिया पहिलो भए भने सिपाही रामजी बस्नेत दोस्रो र र गुल्म कार्य हुद्धा राजकुमार बिष्ट तेस्रो भए ।
महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा पहिलो भइन् । आर्मीले सानुमाया कार्की दोस्रो र सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भइन् ।
१० किमि दौडमा नेपाली सेनाका उपसेनानी रोहण श्रेष्ठ पहिलो भए । सह सेनानी सुवास लामा दोस्रो र उपसेनानी सुमन पाण्डे तेस्रो भए । महिलातर्फ उप सेनानी श्रुती कुँवर पहिलो हुँदा उपसेनानी रेखा अधिकारी दोस्रो र र उपसेनानी लक्ष्मी लामा तेस्रो भइन ।
छात्र तर्फको ५ किमि दौडमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीका सुरेश थापा मगर पहिलो भए । छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका संगिता खड्का पहिलो भएकी छिन् ।
प्रतिक्रिया