काठमाडौं, २५ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबार स्थित मुल भवनको पश्चिम भाग पुनर्निर्माण समिति गठन गरेको छ ।
प्राधिकरणको कार्यकारी समितिको बैठकले सदस्य हरिराम पराजुलीको सयोजकत्वमा समिति गठन गरेको हो । समितिमा पुरातत्व बिभागका प्रतिनिधि, प्राधिकरणका सहसचिव, शहरी विकास मन्त्रालयका सहसचिव, पुरातत्वविद्हरु रोशन रञ्जितकार, सन्तोष श्रेष्ठ र रविन्द्र पुरी सदस्य छन् ।
समितिले यथाशिघ्र सिहदरवारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुनर्निर्माणको काम अघि बढाउने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा समितिलाई आवश्यक सल्लाह र सुझाव दिन विभिन्न पुरातत्वविद् संरक्षणविद् लगायत रहेको सल्लाहकार समिति गठन भएको छ ।
प्रतिक्रिया