युक्रेन। युक्रेनी सेना र रसिया पक्षघर विद्रोहीबीच सोमबार पूर्वी युक्रेनको युद्धग्रस्त इलाकामा भएको झडपमा विद्रोही तथा सेनातर्फ गरी छ जनाको मृत्यु भएको युक्रेनी सेनाले जनाएको छ ।
सोमबारको झडपमा मृत्यु भएका व्यक्तिसँग विगत दुई दिनयता जम्मा ११ जनाको भएको यो ठूलो झडप हो । सेनाले सोमबारको कारबाहीमा आफ्ना दुई सिपाहीको मृत्यु भएको जनाएको छ ।
आइतबारदेखि विद्रोहीद्वारा सेनाविरुद्धको आक्रमण तीब्र पारिएपछि भएका झडपमा युक्रेनी सेनाले तीन विद्रोहीलाई नियन्त्रणमा लिए पनि घाइते दुई जनाको मृत्यु भएको बताइएको छ ।
आइतबारको झडपमा चार सेना र एक विद्रोहीको मृत्यु भएको थियो ।
प्रतिक्रिया