सल्यान १४, माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षभित्रमा तीनैतहको निर्वाचन हुनुपर्ने बताएको छ ।
आज सदरमुकाम खलङ्गामा आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै सभापति देउवाले एक वर्षभित्रमा स्थानीय, प्रान्तीय र केन्द्रीय चुनाव भएमा मात्र संविधानको पूर्ण कार्यान्वयन हुने उल्लेख गरे ।
“राजनीतिक अस्थिरताले देशले विकासको गति लिन सकेको छैन यसका लागि पनि संविधानको पूर्ण कार्यान्वयन आवश्यक छ । संविधानको पूर्ण कार्यान्वयन भएमा मात्र प्रजातन्त्र बलियो हुन्छ’ सभापति देउवाले भने।
दलीय एकताबिना चुनाव हुन नसक्ने भएकाले सबै दलको सहमतिमा चुनावको मिति घोषणा गर्नुपर्ने सभापति देउवाको भनाइ थियो ।
सदरमुकाम खलङ्गाको टुंडिखेलमा आयोजना गरिएको कार्यक्रमको वर्षाका कारण वालमन्दीरमा सारिएको र हल सानो भएका कारण कार्यकर्ताहरु दिनभरजसो पानीमा भिजेका थिए ।
प्रतिक्रिया