पोखरा, १४ माघ । अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले अयोग्य ठहरिएर बेरोजगार भएका माओवादी लडाकुका लागि कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
अखण्ड नेपाल पार्टी कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अहिले त्यस्ता अयोग्य लडाकुको सङ्ख्या झन्डै दुई हजार २०० रहेको र उनीहरुका मागलाई सम्बोधन गर्न सकिएन भने फेरि हतियार उठाउन सक्ने भएकाले उनीहरुलाई रोजगारी दिने खालका कार्यक्रम ल्याउन पहल गर्ने जानकारी दिए।
अल्पमत र बहुमतको खेललाई अन्त्य गरी सत्तापक्ष र प्रतिपक्ष एक भएर असन्तुष्ट पक्षले उठाएका मागलाई सम्बोधन गरी संविधान कार्यान्वयनका लागि सबै तहको निर्वाचनमा जानुपर्नेमा उनको जोड थियो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष चतुराखर अधिकारीले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक शक्तिसँग एक भएर पार्टी अघि बढ्ने धारणा राखे ।
प्रतिक्रिया