चर्चित नेपाली र्यापर अनिल अधिकारी ‘यमबुद्ध’ को २९ बर्षको उमेरमा निधन भएको छ । आज उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक श्रोतका अनुसार उनले आत्माहत्या गरेका हुन् ।
हाल परिवार सहित लण्डनमा बस्दै आएका अधिकारी स्थानीय समयअनुसार शनिबार बिहान साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका थिए । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गरेको छ ।
उनी यम बुद्धको नामले परिचित थिए। यम बुद्ध नेपाली र्याप गायनमा सर्वाधिक रुचाइएका गायक थिए । फेसबुक, युट्युबमा जस्ता सामाजिक सञ्जालमा सर्वाधिक फ्यान भएका गायक हुन । उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।
आत्महत्याका कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको छ । बुधबार पोष्टमार्टम भएपछि थप जानकारी आउन सक्ने उनका आफन्नले जानकारी दिए ।
यमबुद्धको आवाजमा आमा’, ‘साथी’ जस्ता चर्चित गीत बजारमा आएका थिए।भने केहि समयपछि नयाँ एल्बम ‘खतरा’ निकाल्ने तयारी गरिरहेका थिए ।
प्रतिक्रिया