काठमाडौं: काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।
प्रहरीले राति सवा दुई बजे नागढुंगामा उक्त स्कार्पियो गाडीसहित ३ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर बरामद भएको छ ।
त्यसैगरी १८ हजार युरो र केही अष्ट्रेलियन डलरसमेत गाडीमा फेला पारिएको अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
दुई महिला र एक पुरुषसहित तीनजना चिनियाँ नागरिकहरु बा १ य १२३२ नम्बरको पर्यटकहरु चढ्ने स्कार्पियो गाडीमा काठमाडौंबाट रसुवातर्फ गइरहेका थिए । उनीहरु ठमेलको गजुर होटलबाट निस्किएर रसुवातर्फ लाग्ने क्रममा नागढुंगामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति नै प्रहरीले रसुवाबाट टाटासुमोका हालेर ल्याइएको १५ किलो सुन नयाँ बसपार्कबाट बरामद गरेको थियो ।
पक्राउ पर्नेमा एक पुरुष र दुई चिनियाँ महिला छन्। पछिल्लो समय अवैध तरिकाले डलर ओसारपसारमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको छ।
नयाँपेजबाट
प्रतिक्रिया