काठमाडौं, २४ पुस । नेकपा एमालेसहित नौ प्रतिपक्षी दलका विरोधका बीच संसदमा संविधान संशोधन विधेयक पेश भएको छ ।
सर्वोच्चका ओदशपछि आइतबार संसद बैठक चलेको थियो । संसदमा निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो । अख्तियार प्रमुख लोकमान सिंह कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।
संसदमा संविधान संशोधन विधेयकको विषयमा प्रवेश गर्नासाथ विपक्षी दलका सांसदहरु उठेर नाराबाजी गरे । संसदभित्र होहल्ला मच्चियो । विपक्षीको चर्को विरोधका वीच कानूनमन्त्रीले संविधान संशोधन प्रस्ताव पेश गरे ।
प्रतिक्रिया