३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

मुख्य खबर

एमालेको संसद अवरोध जारि, अर्को बैठक सोमबार बस्ने



tudikhelकाठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलले बिहिबार पनि संसद बैठक अवरुद्ध गरेका छन्।
बिहिबार १ बजे बस्ने बैठमा निर्वाचन सम्बन्धी विधेयक र लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावबारे कार्यसूची तय गरिएको  थियो। सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेलेले त्यसलाई फिर्ता लिनुपर्ने भन्दै संसद अबरोध गर्दै आएको छ।
बिहिबार संसद बैठक सुरू भए लगत्तै एमाले सांसद वैद्यनाथ चौधरीले ५ नम्बर प्रदेश टुक्र्याउन जनताले नचाहेको भन्दै पहाड र तराई छुट्टाउने रणनीति अनुसार यस्तो प्रस्ताव आएको भन्दै संसद बैठक चल्न नसक्ने धारणा राखे।
सभामुख ओनशरी घर्तीले कार्यसूचीमा रहेका विषय प्रक्रियामा टुंगो लगाउनुपर्ने भन्दै अबरोध नगर्न बारम्बार आग्रह गर्दा पनि विपक्षीले नमानेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित : १४ पुस २०७३, बिहिबार ००:००