२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अर्थ

हेंवा ‘ए’ लाई दैनिक १४ लाख घाटा



15722481_1097911443664700_1349114362_nपाँचथर÷ फिदिम–५, स्थित थापाटारमा रहेको एक सय ३२ केभिए काबेली करिडोर प्रशारण लाइनको सव–स्टेशन (विद्युत कनेक्सन पोइन्ट) चार्ज नगरिंदा विद्युत उत्पादनको चरणमा पुगेको हेंवा ‘ए’ जलविद्युत आयोजनालाई दैनिक १४ लाख ११ हजार २ सय रुपैंयाँ घाटा हुने भएको छ ।
आयोजनाको टेस्टिङ सफल भई थापाटारस्थित सव–स्टेशनसम्म तत्काललाई ८ मेगावाट विद्युत आइपुगे पनि सव–स्टेशन चार्ज नभएकाले उत्पादित विद्युत निर्यात गर्ने ठाउँ नहुँदा दैनिक लाखौं घाटा ब्यहोर्नुपर्ने अवस्था सिर्जना भएको आयोजनाका प्रमुख पुष्पज्योति ढुंगानाले बताए । ‘तत्काललाई मुलुकको लोडसेडिङ १५ मिनेट घटाउँने विद्युत प्राधिकारणलाई दिन सकिने भए पनि त्यो हुन सकिरहेको छैन’ ढुंगानाले भने ।
आयोजनाले थापाटारदेखि सदरमुकाम फिदिमसम्म दुई किलोमिटर प्रशारण लाइन आफैं निर्माण गरी यहाँबाट इलाम तिक्लेनीको ३३ केभिए सव–स्टेशन हुँदै गोदकमा अवस्थित कावेली करिडोरको सव–स्टेशनमा जोड्ने गरी विद्युत आपूर्ति गर्न खोजे पनि थापाटारको सव–स्टेशन चार्ज नगरिएकै कारण त्यो सम्भव नभएको हो ।
विद्युत ब्यापार विभाग र प्राधिकारणको प्रशारण लाइन निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि कावेली करिडोर आयोजनाको कन्ट्रयाक्टरले सव–स्टेशन चार्ज नगरेको आयोजना प्रमुख ढुंगानाले बताए । एक दिनमा सम्पन्न हुने काम समेत नगरिंदा आयोजनाले दैनिक लाखौं रुपैंयाँ घाटा ब्यहोर्नु परेको ढुंगानाले गुनासो गरे ।

पाँचथर पावर कम्पनिले २ अर्व ५६ करोड लगानीमा निर्माण गरेको आयोजनाबाट १५ मेगावाट विद्युत उत्पादन हुनेछ । माछापुच्छ«े, सानिमा, इन्भेष्टमेन्ट बैंक र व्यक्ति तथा स्थानीयको समेत लगानी रहेको उक्त आयोजनाको निर्माण कार्य २०६८ बाट सुरु गरिएको थियो ।

प्रकाशित : १० पुस २०७३, आइतबार ००:००