काठमाडौं, १० पौष । सरकारले आइतबार क्रिसमस डे का अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो ।
यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा आइतबार क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।
शनिबार मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको हो । निर्णयपछि गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीवद्धारा जारी विज्ञप्तीमा देशभर र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत लागू हुने गरी विदा दिने निर्णय गरिएको जनाएको छ ।
प्रतिक्रिया