फिदिम, १८ मंसिर । खाद्यान्न लिएर झापाको विर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको ट्रक पाँचथरको भारपामा दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।
भारपा–६ गुराँसेमा शनिवार विहान साढे ५ बजेतिर भएको दुर्घट्नामा मे १ ख १८४९ नम्बरको ट्रक सडकबाट झण्डै १ सय फिट तल झरेको छ ।
दुर्घट्नामा ट्रकका चालक फिदिम नगरपालिका वडा नं। ३ बस्ने मनकुमार राईको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
साँघुरो बाटोमा ट्रक मोड्न नसक्दा दुर्घट्ना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
मेचीपोष्ट
प्रतिक्रिया