२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

तस्बिर

न्यानो सिरक वितरणमा पल र आंचल भन्छन् :- “मान्छे जेन्टलम्यान हुनको लागि सवै नेपालीको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ”



m

 

डिएक्सएन परिवार मलेशियाको आर्थिक सहयोग तथा एक्ट्स नेपालको सहकार्यमा हिजो बुधबार सिन्धुपाल्चोक जिल्लाको फुलपिङ कट्टीमा न्यानो सिरक वितरण कार्यक्रम अन्तर्गत पैसठी परिवारलाई सिरक वितरण गरीएको छ ।
प्रोडक्शनमा रहेको नेपाली कथानक चलचित्र जोनी जेन्टलम्यानका नायक नायीकाद्धयले सांच्चैनै मान्छे जेन्टलम्यान हुनको लागि सवै नेपालीको मुहारमा मुस्कान ल्याउन सके मात्र कोही ब्यक्ति जेन्टलम्यान बन्ने बताए ।

k
वितरण कार्यक्रम नेपाली चलचित्रका नायक पल शाह र नायीका आंचल शर्माको हातबाट न्यानो सिरक वितरण गरिएको थियो । सिरक लिन गाउंलेहरु टाढाबाट पैदलै आएका थिए । सिरक पाउंदा विपन्न परिवारका सवै सदस्य खुशी देखिन्थे । उनिहरुको मुस्कानलेनै आफूहरुलाई समाज सेवा गर्न हौसाएका एक्ट्स नेपालका कार्यक्रम संयोजक अजय मल्ल ठकुरीले बताए ।

i
नायक पल शाह पनि राहत वितरण कार्यक्रममा आफू सरिक हुन पाउंदा निकै खुशी लागेको बताए । उनले भने -“आगामी दिनहरुमा यस्तो कार्यक्रम म अझ लाग्नेछु ।”  नायीका आंचल शर्मा पनि निकै हर्षित देखिन्थीन् । उनले भनिन् -“हाम्रो देशमा धेरैलाईनै न्यानो सिरकको आवश्यकता रहेछ मैले यहां आएर देखें ।”
संयोजक अजय मल्ल ठकुरीका अनुसार आगामी मंसिरमा उक्त गाविसमा प्रत्येक स्कुलमा जोनी जेन्टलम्यान टिमले लाइब्रेरी खोल्ने योजना रहेको बताए ।

न्यानो सिरक पाएपछि घरतिर लाग्दै फुलपिङ कट्टीबासीहरु । हेर्नुहोस् थप तश्विरहरु ।

j

h

g

f

e

c

d

प्रकाशित : २५ कार्तिक २०७३, बिहिबार ००:००