दुईपटकसम्म स्थगीत कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ । तरुण दलले विहीबार यहाँ पत्रकार सम्मेलन गरी केही जिल्लामा विवाद भए पनि जुनसुकै हालतमा महाधिवेशन हुने जनाएको हो । पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महाधिवेशनमा जिल्ला, क्षेत्र, नगर, विदेश विभागबाट गरी १३ सय…