काठमाडौँ, १४ फागुन । नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत सधैँभरि नेपालको आर्थिक, सामाजिक र साँस्कृतिकलगायत विभिन्न पूर्वाधार विकासको पक्षमा रहेको बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालले यहाँ आज आयोजना गरेको ‘राजदूत रायको बिदाइ’ कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा नै नेपालमा विकासका ठूला आयोजना अगाडि बढिरहेको बताउनुभयो । पहिलेदेखि नै प्रगाढ र सुमधुर…