काठमाडौँ, ११ चैत । नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको छ । उपचारका क्रममा गएराति बिएन्डबी अस्पताल, ललितपुरमा निधन हुनुभएका सांसद देवीको पार्थिव शरीरलाई बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने र अध्यक्ष केपी शर्मा ओलीसहित नेताले श्रद्धाञ्जलि दिने एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले…