पर्वत १५ माघ । पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । कुल रु तीन करोड ५० लाखको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा रहेका मठ, मन्दिर, पाटीपौवा र वृद्धाश्रममा…