मुलुकमा नवीकरणीय ऊर्जाका स्रोतहरु प्रशस्त रहेकाले प्रविधिको समुचित उपयोग गर्दै अघि बढ्न विज्ञान प्रविधि तथा नवीनताका लागि अध्ययन, अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको उपलक्ष्यमा नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले आज यहाँ आयोजित कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले जनताको बहुआयामिक उत्थानका लागि ऊर्जा प्रविधिको विकास र प्रवद्र्धनको महत्वूर्ण भूमिका हुने…