काठमाडौं । लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक भव्य समारोहका बीच लोकार्पण गरियो । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतका शिखर पुरुष बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार…