३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

बाढी प्रभावित समुदायलाई राहत



नवलपरासी, २१ साउन । बाढी प्रभावित नवलपरासीको सरावल गाउँपालिका–५ रामपुर खडौनाका वासिन्दालाई आज राहत वितरण गरिएको छ ।

सरावल–५ रामपुर खडौनामा बाढी प्रभावित करिव २०० घरधुरीलाई राहत सामग्री वितरण गरिएको सरावल गाउँपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो ।

सो गाउँपालिकाले बाढीबाट प्रभावित ती घर परिवारलाई तत्कालका लागि चिउरा, पानी र चाउचाउ उपलब्ध गराएको हो ।

बाढीबाट नवलपरासीको सदरमुकाम परासी बजारसहित सरावल, पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकामा गरी करिब दुई हजार घरधुरी प्रत्यक्षरुपमा प्रभावित बनेका थिए ।

प्रकाशित : २१ श्रावण २०७४, शनिबार ००:००