३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

दुर्घटनामा मृत्यु



काठमाडौँ, २१ साउन । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ । अन्दाजी २२÷२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले आज बिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए ।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २१ श्रावण २०७४, शनिबार ००:००