३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

तनहुँका समाजसेवी अधिकारीको निधन



काठमाडाँै, १९ साउन । तनहुँ जिल्लाका समाजसेवी एवं शिक्षक सूर्यप्रसाद अधिकारीको बुधबार बेलुका निधन भएको छ ।

दुवै मिर्गौलामा खराबी देखिएपछि गत साउन ११ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको भेनस अस्पतालमा उपचार गराइरहनुभएका अधिकारीको बुधबार राति ७ बजे ५५ वर्षको उमेरमा निधन भएको हो ।

तनहुँ क्यामिन माध्यमिक विद्यालयका शिक्षक अधिकारीले तनहुँकै क्यामिन गाविस (हाल व्यास नपा–७) मा नेपाली काँग्रेसको पार्टी सचिवको रुपमा समेत काम गर्नुभएको थियो ।

उहाँलाई अन्तिम समयमा उपचार हुँदाहुँदै जण्डिस देखिएपछि सघन कक्षमा राखेर उपचार गरिएको थियो । स्व अधिकारीको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने क्यामिन माविका पूर्व शिक्षक प्रदीप घिमिरे जानकारी दिनुभयो ।

स्व अधिकारीको शरीरमा काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको झण्डा ओढाउनुहुनेछ । स्व अधिकारीका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहिबार ००:००