नेपालगन्ज, १९ साउन । बाँके जिल्लास्थित निर्वाचन कार्यालयबाट गरिँदै आएको नयाँ मतदाता नामावली दर्ता आजदेखि स्थानीय तहबाट शुरु गरिएको छ ।
जिल्लाका छ गाउँपालिका, एक नगर तथा एक उपमहानगरपालिकाबाट नाम दर्ताका लागि निर्वाचन कार्यालयले कर्मचारी समेत खटाएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार सुरक्षाकर्मी र कार्यकारी अधिकृतबाहेक प्रत्येक स्थानीय तहमा चार÷चार जना कर्मचारी खटाइएको छ । मतदाता नामावली दर्ता कार्य साउन ३२ सम्म सञ्चालन हुने जनाइएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, बाँकेमा साउन १ देखि १५ गतेसम्म आठ हजार ७५५ जनाले मतदाता नामाावलीमा नाम दर्ता गराएका छन् । नयाँ दर्ता मतदाता नामावलीमा अहिलेसम्म महिला चार हजार ३०१, पुरुष चार हजार ४५२ र तेस्रो लिङ्गी दुई जना रहेका छन् ।
प्रतिक्रिया