३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

जिसस डडेल्धुराको चुनाव साउन २६ गते



डडेल्धुरा, १९ साउन । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

राजनीतिक दलहरुसँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो जिल्ला सभामा भएको सहमतिअनुसार प्रमुख, उप्रमुख एक÷एक जना, महिला सदस्य तीन जना, दलित वा अल्पसंख्यक सदस्य एकजना, खुला सदस्य तीनजना रहने गरी नौ सदस्यीय समिति गठन गर्न कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिनुभयो ।

साउन १७ गते मतदाता नामावली प्रकाशन गरिएको छ भने बुधबार मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने कार्यतालिकामा उल्लेख गरिएको छ ।

आज संशोधित मतदाता नामावली प्रकाशन गर्ने, साउन २० गते मतदाताको विरोधमा उजुरी दिने, २१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, २२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

साउन २३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिह्न प्रदान गरिनेछ भने साउन २६ गते मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले जनाएको छ ।

प्रकाशित : १९ श्रावण २०७४, बिहिबार ००:००